close

चाँगुनारायणमा प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

चाँगुनारायणमा प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकामा  प्रथम नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।  नगरपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित तपादम्फोमा प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा नगरभित्रका ३१ वटा विद्यालयलले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ ।  प्रतियोगीमध्ये २२ वटा विद्यालयले पदक जितेको छ ।

श्रीकृष्णले ९ स्वर्ण, ७ रजत र ३ कास्य गरी कूल १९ वटा पदकसहित पहिलको उपाधि जितेको थियो । 

प्रतियोगितामा पारिजात विद्याकुञ्ज दोस्रो र चाँगुनारायण मावि तेस्रो भएको नगरपालिकाले जनाएको छ  । शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले पारिजात विद्याकुञ्जले ७ स्वर्ण, ४ रजत र ६ कास्य, चाँगुनारायण माविले ७ स्वर्ण, ४ रजत र ५ कास्य पदक हासिल गरेको बताए ।


यसैगरी महेन्द्रगाम माविले ४ स्वर्ण, ४ रजत र ३ कास्य गरी ११ पदकका साथ चौथो स्थान हासिल गरे । पाँचौं भएको प्रज्ञा ईं स्कुलले ३ स्वर्ण, ६ रजत र ६ कास्य पदक हात पारे ।

नगरप्रमुख जीवन खत्रीले  युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्न खेल मार्फत युवा विद्यार्थीहरुलाई अनुशासित, जिम्मेवार र राष्ट्रवादी बनाउने उद्देश्यले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको बताए ।

उनले आगामी दिनमा थप परिष्कृत गर्दै लगिने अन्य खेलका नगरस्तरिय, अन्तरपालिका स्तरिय र राष्ट्रिय स्तरका प्रतियोगिता गर्दै जाने योजना रहेको सुनाए ।