close

सिद्धकुमाखमा एकल नृत्य प्रतियोगिता सम्पन्न

सिद्धकुमाखमा एकल नृत्य प्रतियोगिता सम्पन्न

Trulli
ADVERTISEMENT

सल्यान । सिद्धकुमाख गाउँपालिकामा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शनिबार सो प्रतियाेगिता सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार बालबालिकाहरुको प्रतिभा खोजि गर्ने उद्धेश्यसहित महिला तथा बालबालिका शाखाको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भरत गिरीले बताए । उनका अनुसार विभिन्न चरणगत रुपमा प्रतियोगिता सञ्चालन गरिएको हो । 

चरणगत रुपमा छानिएका १२ बालबालिकाहरुबीच शनिबार गाउँपालिकाको सभाहलमा फाइनल प्रतियोगिता गरिएको उनले बताए । प्रतियोगिताबाट अन्जली चलाउने प्रथम, ओम कुमारी बुढाथोकी द्धितीय, भावना भुसाल तृतीय र सुनील परियार चौथों भएको उनले बताए । 

विजेताहरुलाई नगद सहित प्रमाणपत्र र ट्रफि प्रदान गरिएको उनले बताए  । बालबालिकाहरुका प्रतिभाहरुलाई प्रवर्दन गर्न आगामी दिनहरुमा पनि नृत्य, गायन, बक्तृत्वकला, हाजिरीजवाफ लगाएतका कार्यक्रम गरिने उनले सुनाए ।