close

पालिका शिक्षा सुधारको लागि लिखपिकेमा कार्यशाला

पालिका शिक्षा सुधारको लागि लिखपिकेमा कार्यशाला

Trulli
ADVERTISEMENT

 सोलुखुम्बु ।  लिखुपिके गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माण कार्यशाला सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्रावधिक सहयोगमा कार्यशाला हो  । 

एक समारोहमा गाउँपालिकाकी अध्यक्ष  मिना कार्की (बस्नेत)ले कार्यशालाको उदघाटन गरेकी थिइन् ।  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले योजनामा व्यवाहारिक तथा प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताइन् । अध्यक्ष बस्नेतले रीड नेपालको सहकार्यले लिखुपिकेको शिक्षा क्षेत्र सुधारमा परिवर्तन आउनेमा ढुक्क रहेको बताइन्  । साथै रीड नेपालले बिगतका दिनमा जसरी सुधार गर्न लागेको छ आगामी दिनमा पनि उत्तिकै सहयोग गर्ने बताइन्  ।

उनले पालिकाको शिक्षाको सुधारको लागि गाउँपालिकाले विभिन्न योजना निर्माण गरेको  र सोही अनुरुप शिक्ष सुधार कार्यक्रम सञ्चालन गर्ने बताइन् । उनले  पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको सुनाइन् ।