close

सामुदायिक विद्यालयको लेखापरिक्षण गराउँदै केपिलासगढी

सामुदायिक विद्यालयको लेखापरिक्षण गराउँदै केपिलासगढी

Trulli
ADVERTISEMENT

खोटाङ । केपिलासगढी गाउँपालिकाले विद्यालयहरुको लेखा परिक्षण गर्ने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको लेखा परिक्षण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार सामुदायिक विद्यालयको आथिर्क वर्ष २०७९ र ०८० को लेखा परिक्षण गर्नुपर्ने भएकोले इच्छुक फार्म तथा लेखा परिक्षकले आवेदन दिन सक्ने छन् । आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ । 

आवेदकबाट छनौट भएका संस्थाले नियुक्ती भएको ४५ दिनभित्र विद्यालयको लेखा परिक्षण गरिसक्नु पर्ने गाउँपालिकाले जनाएको छ ।