close

भूमेमा शिक्षक सेवासम्बन्धि कक्षा सञ्चालन हुने

भूमेमा शिक्षक सेवासम्बन्धि कक्षा सञ्चालन हुने

Trulli
ADVERTISEMENT

 रुकुम । भूमे गाउँपालिकाले शिक्षक सेवा शिक्षण अध्यापन अनुमति पत्र कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कक्षा सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार बार्षिक शैक्षिक कार्यक्रम अनुरुप पालिकाले कक्षा सञ्चालन गर्न लागेको हो । कक्षा ३० दिनसम्म सञ्चालन हुने गाउँपालिकाले सो सूचनामा उल्लेख गरेको छ । 

कक्षामा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कम्तिमा कक्षा १० को पढाई सकेको व्यक्तिले आवेदन दिन सक्ने गाउँपालिकाले बताएको छ ।