close

चौरपाटीको आफ्नै स्थानीय पाठ्यपुस्तक

चौरपाटीको आफ्नै स्थानीय पाठ्यपुस्तक

Trulli
ADVERTISEMENT

अछाम। चौरपाटी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गर्ने भएको छ । गाउँपालिकाले स्थानीय विषयवस्तु समेटी कक्षा १ देखि ८ सम्म १ सय पूर्णांकको पाठ्यपुस्तक तयार गरेको जनाएको छ ।

गाउँपालिकाका  शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीका अनुसार पाठ्यपुस्तकमा स्थानीय पर्यटकीय स्थल, रीतिरिवाज, रहनसहन, आदर सत्कार, भेषभूषा, मेला, पर्व, जात्रा, ऐतिहासिक ठाउँ, भौगोलिक अवस्था, वडा कार्यालय, आर्थिक, सामाजिक अवस्थिति, कृषि तथा त्यसको सम्भावनालगायतका विषय समेटिएको छ ।

पाठ्यपुस्तक निर्माणका लागि ११ सदस्यीय कार्यदल बनाएर असोजबाट तयार पारिएको हो । स्थानीय विज्ञ जनशक्ति, स्थानीय परिवेश र विषयवस्तु समेटेर पाठ्यपुस्तक तयार पारेको उनले बताए।  पाठ्यपुस्तक निर्माणका विभिन्न चरण पार गर्दा ८ लाख रुपैयाँ खर्च हुने उनको भनाइ छ ।