close

पुस्तकालय भवन जीर्ण बनेपछी स्थानान्तरण

पुस्तकालय भवन जीर्ण बनेपछी स्थानान्तरण

Trulli
ADVERTISEMENT

कास्की। पोखराको महेन्द्रपुलमा पुस्तकालय रहेको भवन जीर्ण बनेपछि पोखरा महानगरपालिकाको पहलमा त्यसलाई नयाँ बजार स्थित क्षेत्री समाजको भवनमा स्थानान्तरण गरी सञ्चालन गरिएको छ ।

वर्षौँ पुरानो टिनको चुहिने छाना भएको भवनमा पुस्तकालय सञ्चालन गर्दा जोखिम बढेपछि दुई वर्ष भित्र पृथ्वी चोकमा पोखरा भवन (कोसेली घर) निर्माण गरी व्यवस्थापन गर्ने गरी तत्काललाई क्षेत्री समाजको भवनमा पुस्तकालयको व्यवस्था गरिएको हो ।

महेन्द्रपुलमा बढ्दो सवारीको चापका कारण ध्वनि प्रदूषण र धुवाँ धुलोको सास्ती खेप्नु परेको बताएका पाठकहरूले नयाँ बजारमा भने शान्त महसुस गरेका छन् । अध्ययनका लागि अहिलेको स्थान उपयुक्त भएको उनीहरूको बुझाई छ । 

११ हजार बढी पुस्तकहरू रहेको पुस्तकालय सञ्चालनका लागि पोखरा महानगरपालिकाले एक जना कर्मचारीको समेत व्यवस्था गरेको छ । पुस्तकालय व्यवस्थापनको तर्फबाट १ जना लाइबेरिएन कार्यरत रहेको र त्यसको भाडा समेत महानगरले तिर्ने गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए। 

पुस्तकालय व्यवस्थापनका सन्दर्भमा महानगरपालिलाई जोडेर नियोजित रूपमा गलत प्रचार गर्न खोजिएको प्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको उनले बताए। महानगरले व्यवस्थापन गरेको अहिले स्थान पहिलेको तुलनामा कयौँ गुणा बढी फराकिलो र अध्ययनका लागि वातावरण शान्त रहेको दावी उनकाे छ।

व्यवस्थित पुस्तकालयको सञ्चालन सहित पठन संस्कृतिको विकास गर्दै पोखरालाई अध्ययन र अनुसन्धानको महत्वपूर्ण थलोका रूपमा विकास गर्ने कार्यमा प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाले छ । तर, महानगरको यस मान्यताका विपरीत विषयवस्तुलाई गलत ढङ्गले प्रस्तुत गर्ने प्रवृत्ति बढेकाले सचेतता पूर्वक विचारहरू व्यक्त गर्न आवश्यक रहेको उनले बताए। 

नयाँ बन्ने पोखरा भवनमा पुस्तकालयको क्षेत्रफल महेन्द्रपुलको तुलनामा ६ गुणा बढी रहने र सबै प्रकारका आवश्यक व्यवस्थाहरू गरिने  प्रमुख आचार्यले बताए। हाल उक्त भवन सिपिआर तयार भएर निर्माणको क्रममा रहेको छ। त्यहाँ आर्ट ग्यालरी, सूचना केन्द्र र घण्टाघर पनि रहने उनले जानकारी दिए।