close

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नेतृत्व विकास तालिम

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नेतृत्व विकास तालिम

Trulli
ADVERTISEMENT

सोलुखुम्बु  । लिखुपिके गाउँपालिकामा विद्यालय व्यवस्थापन तथा नेतृत्व विकास तालिम सुरु भएको छ । गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने  तालिम सुरु गरेको हो । 

तालिममको उदघाटन गर्दै लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले रीड नेपालको सहकार्यले शिक्षा क्षेत्रमा थप टेवा पुग्ने बताइन् । उनले तालिममा सिकेका सीप आफ्नो विद्यालयमा लागू गर्न अनुरोध गरिन् ।


तालिममा  प्रधानध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार, शैक्षिक नीति नियम, विद्यालयको वर्तमान अवस्थाको लेखाजोखा, सुधार गर्नुपर्ने पक्षहरु, बालमैत्री विद्यालयको अवधारणा, नेतृत्व विकास लगायतका विषयवस्तुको बारेमा प्रशिक्षण दिइने रीड नेपाल सोलुखुम्बुकी शिक्षा बिकास अधिकृत तथा प्रशिक्षक सुजाता राईले बताइन्।

तालिममको उदघाटन गर्दै लिखुपिके शिक्षा संयोजक रेखराज बस्नेतले शिक्षामा गुणस्तर खोज्न प्राइभेट विद्यालय हैन सामुदायिक बिद्यालय जाने वातावरण बनाउन जोड दिनुपर्ने बताए । 

३ दिन सम्म चल्ने तालिममा प्रधानध्यापक , व्यवस्थापन समिति अध्यक्ष लगायतलाई तालिम प्रधान गरिएकोमा रीड नेपाल र गाउँपालिकालाई धन्यबाद दिँदै थप प्रभावकारी हुने लिखुपिके वडा नम्बर ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताए ।

 गाउँपालिकामा प्रधानाध्यापक  तथा व्यवस्थापन समितिका लागि ३ दिने नेतृत्व क्षमता विकास तालिम गरिएको हो । तालिममा पालिकाभित्रका २२ वटै विद्यालका प्रधानध्यापक, व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता हुने रीड नेपाल लिखुपिके गाउँपालिकाका शिक्षा विकास अधिकृत राजिब ढुङ्गाने बताए ।