close

'हाम्रो भोजपुर नगरपालिका'को पाठ्यपुस्तक बनाइँदै

'हाम्रो भोजपुर नगरपालिका'को पाठ्यपुस्तक बनाइँदै

Trulli
ADVERTISEMENT

भोजपुर । भोजपुर नगरपाालिकाले विज्ञ सेवाको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखनका लागि विज्ञ माग गरेको हो । 

नगरपालिकाले 'हाम्रो भोजपुर नगरपालिका' कक्षा १ देखि ३, कक्षा ४ देखि ५ र कक्षा ६ देखि ८ सम्मको सहज र प्रभावकारी रुपमा पठनपाठन गर्नको लागि पाठ्यपुस्तक निर्माण गर्न लागेको हो । पाठ्यपुस्तक निर्माण कार्यमा सहभागी हुन चाहने शिक्षक तथा विज्ञले जेठ २२ गतेभित्र आवेदन दिन सक्ने छन् । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । छनौट भएका विज्ञले  पाठ्यपुस्तक लेख्नु पर्ने र लेखनको पारिश्रमिकको व्यवस्था गरिने जनाएको छ ।