close

रैनादेवी छहरामा वक्तृत्वकला प्रतियोगिता

रैनादेवी छहरामा वक्तृत्वकला प्रतियोगिता

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा माध्यमिक तहको ११ र १२ कक्षा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । 

गाउँपालिकाको अनुसार रक्तदान जीवनदानू शिर्षकमा प्रतियोगिता भएको हो ।   गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा श्री भैरव नवदीप माविकी सीमा खत्री पौडेलले प्रथम तथा श्री वेदवेदाङ्ग संस्कृत तथा साधारण माविकी विनिता बुढाथोकीले द्वितीय  भएका छन् । दुवै प्रतियोगीलाई गाउँपालिकाको प्रतिनिधित्व गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने पालिकाले जनाएको छ ।