close

रोजगार संयोजकको लिखित परीक्षा स्थगित

रोजगार संयोजकको लिखित परीक्षा स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । कुश्मा नगरपालिकाले रोजगार संयोजकको लिखित परीक्षा स्थगित गरेको छ । 

नगरले एक सूचना जारी गरी नगरले सञ्चालन गरेको रोजगार संयोजकको लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो । 

‘प्रधानमन्त्री रोजगर कार्यक्रम अन्तर्गत यस कुश्मा नगरपालिका रोजगार सेवा केन्द्रको लागि रोजगार संयोजक पदको लागि मिति २०७९/६/९ मा लिखित परीक्षामा सहभागी हुने वारेको सूचना प्रकाशन भए तत्पश्चात निर्वाचन आयोगले मिति २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको हुँदा उक्त रोजगार संयोजकको लिखित परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’