close

पोखरामा ४८ जना नगरप्रहरी माग

पोखरामा ४८ जना नगरप्रहरी माग

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको हो । महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

महानगरपालिकाले नगर प्रहरी जवान पदमा ४८ जना कर्मचारी माग गरेको हो । महानगरपालिकाको नगरकार्यपालिकाले पदपूर्ति समितिले करार सेवामा नगर प्रहरी भर्ना गर्ने निर्णय गरेसँगै पालिकाले कर्मचारी माग गरेको सूचनामा उल्लेख गरिएको छ । 

योग्यता पुगेको व्यक्तिले चैत २८ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । ३०० र समावेशी कोटाको आधारमा थप ६० रुपैयाँ तिरेर आवेदन दिनु पर्ने छ । 

आवेदनहरुबीच शारीरिक, लिखित तथा मौखिक परीक्षामार्फत योग्य व्यक्ति छनौट गरिने महानगरपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।