close

पचरौतामा २ जना भ्याक्सिनेटर माग

पचरौतामा २ जना भ्याक्सिनेटर माग

Trulli
ADVERTISEMENT

बारा । पचरौता नगरपालिकाले भ्याक्सिनेटर माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै २ जना भ्याक्सिनेटर माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा पशुको लागि भ्याक्सिन चलाउनु पर्ने भएकोले करार सेवामा सो कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

आवेदन दिनको लागि ३०० रुपैयाँ दस्तुर बुझाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने नगरपालिकाले जनाएको छ ।