close

जैमिनीमा किसान सूचीकरण गणक माग

जैमिनीमा किसान सूचीकरण गणक माग

Trulli
ADVERTISEMENT

बाग्लुङ । जैमिनी नगरपालिकाले किसान सूचीकरण गणक माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा सूचीकरण गणक माग गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप  किसान सूचीकरण कार्यक्रम सञ्चालन गर्नको लागि गणक माग गरेको हो । योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

कक्षा १२ उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ । नगरपालिकाले ९ जना गणक माग गरेको हो ।