close

दिलिप एस कुलुङको 'हाम्रो महाकुलुङ' सार्वजनिक

दिलिप एस कुलुङको 'हाम्रो महाकुलुङ' सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । प्राकृतिक सुन्दरता, पर्यटन, पर्यावरण र स्थानीय संस्कारलाई केन्द्रमा बनाएर बुनिएको दिलिप सिंह कुलुङको गीत युट्युवमार्फत सार्वजनिक भएको छ । 

महाकुलुङ गाउँपालिकाको चिनारी दिन खोजिएको 'हाम्रो महाकुलुङ' बोलको गीतमा मेलिना राईको आवाज छ । 

उक्त गीतमा बालन्द राईको संगीत छ भने सचिन सिंहले एरेञ्ज गरेका छन् । गीतमा रहेका भिडियो दृश्यहरू विनोद कुलुङले खिचेका हुन भने सिर्जन शिरिस कुलुङले सम्पादन गरेका छन् । 

गीत निर्माणको संयोजन अनुज कुलुङले गरेका हुन् । त्यस्तै संगीतकार आसुतोश राईको पनि उत्तिकै महत्वपूर्ण सहयोगी भूमिका रहेको छ ।