close

वातावरण प्रदुषण नगर्न टोखा सरकारको अनुरोध

वातावरण प्रदुषण नगर्न टोखा सरकारको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकाले वातावरण प्रदुषण हुने खालको कुनै पनि कार्य नगर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वातावरण सफा गर्न अनुरोध गरेको हो । 

सूचना अनुसार विश्वव्यापी वायु प्रदुषणलाई मध्यनजर गर्दै पालिकाभित्रका कुनै पनि स्थानमा वायु प्रदुषण हुने खालको कार्य नगर्न  अनुरोध गरेको हो । 

सोही सूचनामार्फत पालिकाभित्र कुनै पनि स्थानमा प्लाष्टिक र केमिकल मिसिएको सामग्रीहरु नजलाउन समेत अनुरोध गरेको छ । 

पालिकाको सो निर्देशन पालना नगरेमा कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ ।