close

धनकुटामा राजमार्ग सरसफाई

धनकुटामा राजमार्ग सरसफाई

Trulli
ADVERTISEMENT

धनकुटा ।  धनकुटा नगरपालिका र पर्डेप नेपालको आयोजनामा सडक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मुख्य सडक सरसफाइ अभियान अन्तर्गत शनिबार धनकुटा बसपार्कदेखि परिचयमोडसम्म सडक सरसफाइ गरिएको हो। 

युएनडिपीको सहकार्यमा तथा पर्डेप नेपालको संयोजनमा धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गरिरहेको सोही अनुसार राजमार्ग सरसफाई गरिएको पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदीले जानकारी दिए । सडकमा उम्रिएको घाँस, प्लाष्टिकले फोहोर भएपछि सरसफाइमा गरिएको हो। 

कम्तीमा पनि आफ्नो घरवरपरको फोहोर आफैले उठाउने बानी भए गाउँ–टोल सफा रहने सुवेदीले बताउनु भयो। देशकै सफा शहरको रुपमा पटकपटक पुरस्कृत भएको धनकुटा नगरपालिकाले साप्ताहिक रुपमा धनकुटा बजार तथा राजमार्ग सफाईको कार्यक्रम आयोजना गर्ने जनाएको छ। सरसफाईका क्रममा राजमार्ग छेउछाउमा फोहोर गर्नेलाई चेतावनी दिइएको धनकुटा नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए।

सरसफाइ कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटाका प्रमुख जिल्ला अधिकारी लिला केसी लगायत सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीहरु, नागरिक समाज, संघसंस्था, स्थानीय तथा पत्रकारहरुको सहभागिता रहेको थियो।