close

फिर्के खोलाको झाडी हटाउँदै महानगर

फिर्के खोलाको झाडी हटाउँदै महानगर

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले फिर्के खोला संरक्षण तथा व्यवस्थापन योजना अन्तरगत दायाँबायाँको भागमा रहेका झाडीहरू हटाउन सुरु गरेको छ । खोलाको आसपासमा बढिरहेको झाडीका कारण फिर्के खोलाको वास्तविक स्वरूप नदेखिएको र अनधिकृत रूपमा यसको अतिक्रमण बढेको पाइएकाले संरक्षण तथा व्यवस्थापनका लागि महानगरले पहिलो चरणमा झाडी हटाउन सुरु गरेको हो । 

फिर्के खोलाको दायाँबायाँ ५–५ मिटर क्षेत्रमा रहेको झाडी हटाइने महानगरले जनाएको छ । फिर्के कोरिडोर विकास अन्तरगत फुट ट्रेल र साइकल लेन निर्माण सहित सौन्दर्यीकरण गर्ने योजना महानगरपालिकाले बनाइरहेको प्रमुख धनराज आचार्यले बताए झाडी हटाउनका लागि महानगरपालिकाले १ सय जनालाई रोजगारी समेत दिएको उनले बताए। उनीहरूलाई जुत्ताहरू, हेलमेट, ग्लोबस् र काट्ने औजारहरू उपलब्ध गराइएको छ । काम गर्ने क्रममा दुर्घटना भए उनीहरूको स्वास्थ्य उपचार सहितको बिमा समेत गरिएको छ । 

यसले वास्तविक फिर्केको अवस्था पहिचान गर्न, खोलाको दुवैतर्फबाट अनावश्यक झाडी हटाउन र फोहर तथा अन्य खोला भित्र रहेका अवरोध हटाउने काममा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।