close

कृषिमै भविष्य कोर्दै जीवन गिरी

कृषिमै भविष्य कोर्दै जीवन गिरी

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर ३ उत्तरगंगासँगैको  बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्मभित्र लटरम्म काक्रा, टमाटरलगायतका तरकारी फलेका छन् । त्यहीँ लटरम्म फलेको फर्म सुम्सुम्याउदै छन्, जीवन गिरी । उमेरले २८ वर्ष पुगेका उनी सोही फर्ममा भविष्य कोर्दै छन् । 

आइएसएजि सकेर स्नातक तह अध्ययनरत उनी करिब एक विघा जग्गामा व्यावसायिक खेती गर्दै आएका छन् ।  बसन्त अर्गानिक फलफुल तथा पशुपंक्षि फर्म दर्ता गरी  दश वर्षका लागि भाडाको जमिन लिएर तरकारी खेती गर्न थालेको उनी सुनाउँछन् ।


उनले चारवटा टनेलमा काक्राँ, टमाटर, गोलभेँडा लगायतका अर्गानिक तरकारी लटरम्म फलाएका छन् । साथै आलु, खुर्सानी, प्याज, सिमि, ग्याठ गोपि, चिप्ले भन्टा लगायतका तरकारी पनि लगाएको उनले सुनाए ।  व्यवसायिक तरकारी खेतीबाट  वार्षिक तीनदेखि चार लाख आम्दानी गर्दै आएको बताए ।


 

तीन कक्षा पढ्दै गर्दा कृषि यात्रा

उनी २०५८ सालदेखि नै गिरी परिवार कृषिमा रमाउदै आएका थिए । बुबा आमाले गरेको देखेरै व्यवसायिक कृषि खेती गर्नुपर्छ भन्ने योजना उनले बनाए । आफू सानैदेखि आमा बुबासँगै बारीर बजार पुग्ने गरेको उनले बताए ।

उनका बुबा आमाले २०५८ सालमै जनचेतना नर्सरी फलफुल फर्म दर्ता गरेर व्यावसायिक खेती सुरु गरेका थिए । 'सुरुमा स्थानीय फलफुलका बोट विरुवा  लगाउने र अरुलाइ बेच्दै आउथेँ । पछि आमाबुबालाई पनि सघाउन थालेँ,' उनले भने । 

उनी तीन कक्षामा अध्ययन  गर्दादेखि नै भ्याएसँग आमाबुबालाई सहयोग गर्ने गरेको सम्झन्छन् ।  सानैदेखि कृषिमा रमाउन सक्ने भएकोले आधुनिक रुपमा राम्रोसँग तरकारी खेती गरेको उनको अनुभव छ ।  

 २०७० सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका उनीसँग कृषि कर्ममै केही गर्ने हुटहुटी रहेको बताउँछन् । सोही हुटहुटीले कृषि पढ्न कालीकोटबाट दाङ पुगे ।  परिवारले पनि कृषि नै पढूँन भन्ने चाहानुहुन्थ्यो । मैले पनि खोजीखोजी कृषि नै पढ्ने साेच बनाए,' उनले भने, 'दाङको राप्ती प्राविधिक शिक्षालयमा कृषि पढ्न प्रवेश परीक्षा दिए । तर वैकल्पिकमा परेँ ।'


कृषि पढ्ने बाटो बन्द भएपछि होटेल म्यानेजमेन्ट पढ्न काठमाडौं पसेको उनले बताए । उनले केही समय होटेल र रेष्टुराँमा काम गर्न भ्याए । 'काम गर्दै पढ्दै गदा दुई बर्षपछी सिटिभिटिले छात्रवृत्ति कृषि अध्ययनको लागि कोटा खुलायो ।परीक्षामा सहभागी भएर नाम निकाल्न सफल भएँ,'  उनले भने 'र,  रोल्पाको नेपाल राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा पढेँ ।'विद्यालयमा सामुहिक रुपमा प्रयोगात्मक तरकारी खेती गरेको उनले सुनाए । पढाई सकेसँगै पुनः तरकारी खेतीमा उनी फकिए । 

सुर्खेतमा वसन्त अर्गानिक कृषि तथा पशुपन्छी नाम गरेर २०७६ मा दुई बिघा जग्गा लगेर काम सुरु गरेको उनले बताए । एक वर्ष त सो क्षेत्रको वातावरण नै बुझ्न लागेको उनले बताए उनले एक बर्षको लगानीबाट जग्गाको भाडा मात्रै तिरे । फर्ममा घेरबार नभएकाले छाडा पशु चौपायाले बाली नष्ट गरेको उनले बताए । 'राती १२ बजेसम्म त गाईवस्तु धपाउनुपथ्र्यो,' उनले भने, 'केही समय नयाँ ठाउँ खोजेर तरकारी खेती गर्न थालेँ ।'

उनले स्थानीय तहले कृषि गर्नेलाई अनुदान कार्यक्रम ल्याएपनि वास्तविक कृषकले नपाएको बताए । कृषि कर्म गर्नेभन्दा गैरकृषकले अनुदान पाएकोमा उनले दुखेसो पोखे । ‘हामी कृषकका नाममा ठुलाबडा भनिनेहरुकै वरिपरिकाले अनुदान पाउँछौँ तर, हामी पाउदैनौँ,' उनले भने ।