close

वृद्धवृद्धाहरूको नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण

वृद्धवृद्धाहरूको नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण

Trulli
ADVERTISEMENT

गुल्मी । सत्यवती गाउँपालिमा रहेको रुद्रवेणी धामका वृद्धवृद्धाहरूको स्वास्थ्य परिक्षण तथा नि:शुल्क औषधी बितरण गरिएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका रहेको उक्त शिविरमा डा.नन्दु पाठक, डा.सुरेश थापा सहितको टोलीले उनीहरुको स्वास्थ्य परिक्षण गरेका थिए।

उक्त शिविरको आयोजना बुटवलका सर्जिकल तथा औषधि व्यवसायी विजय खनालद्वारा आयोजना गरिएको हो । आयोजकका अनुसार वृद्धवृद्धाहरूका लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधिसमेत वितरण गरिएको बिजय खनालले बताए ।

उक्त वृद्धाआश्रममा विगत १४ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर आयोजना गरेर वृद्धवृद्धाहरूको स्वास्थ्य उपचार र नि:शुल्क औषधि वितरण गरिदै आएको खनालले बताए।