close

नारायणी अस्पतालले गर्‍यो १५०० जना विपन्नको नि:शुल्क उपचार

नारायणी अस्पतालले गर्‍यो १५०० जना विपन्नको नि:शुल्क उपचार

Trulli
ADVERTISEMENT

पर्सा । चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।

अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो।

गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गीक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा सहिद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए।

उनका अनुसार चालु आवको पहिलो चौमासिकमा ३१६ महिला, २२४ पुरुष गरी ५८० जनालाई सेवा प्रदान गरिएको छ। दोस्रो चौमासिकमा ३०३ महिला र २०४ पुरुष गरी ५०७ लाई सेवा दिइएको छ।

निःशुल्क उपचार योजनाले धेरै नगरिकलाई अकालमा मृत्युबाट जोगाएको डा. सिंहको भनाइ छ।