close

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ पुग्यो

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७७५ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।