close

ललितपुरमा हालसम्म ५३० जनामा डेंगु संक्रमण

ललितपुरमा हालसम्म ५३० जनामा डेंगु संक्रमण

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुरको पाटन अस्पतालमा डेंगुका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालमा दैनिक ४० देखि  ५० जना डेंगुका बिरामी देखिन थालेका छन् ।   पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गम्भीर प्रकृतिका बिरामी न्यून भए पनि संक्रमणदर ह्वात्तै बढेको हो  ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार असारयता ललितपुरमा ५३० जनामा डेंगुको लक्षण भेटिएको छ । डेंगु रोगले महामारीकै रुप लिने अवस्थामा पुगेको स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्ट बताउछन् ।

सुरुमा नखिपोट र लगनखेल डंगुका बिरामी भेटिएका थिए । अहिले सातदोवाटो, गावाहाल, भैसेपाटीलगायत क्षेत्रमा फैलिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।