close

काठमाडौं महानगरपालिकामा ‘लार्भा खोज र नष्ट गर्’ अभियान सुरू

काठमाडौं महानगरपालिकामा ‘लार्भा खोज र नष्ट गर्’ अभियान सुरू

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर्’ अभियान सुरू गरेको छ । 

डेंगुका बिरामी बढ्दै गएपछि महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।

महानगरको ३२ वडाबाट अभियान सञ्चालन भइरहेको महानगरका स्वास्थ्य प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ त्रिपाठीले भने, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौँ ।’

दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको राय छ ।