close

डेङ्गुबाट २७ वर्षीय युवकको मृत्यु

डेङ्गुबाट २७ वर्षीय युवकको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । रत्ननगर–१ का २७ वर्षीय युवकको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो आएपछि उनी पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो ।

जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।