close

२४ घन्टामा ७४ कोरोना संक्रमित पहिचान

२४ घन्टामा ७४ कोरोना संक्रमित पहिचान

Trulli
ADVERTISEMENT

काठमाडौं ।  पछिल्लो २४ घन्टामा   देशभर ७४ जनामा कोरोना संक्रमित पहिचान भएका छन् ।

कुल ३ हजार ५१२ जनामा गरिएको नमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

यही अवधिमा १६० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको मृत्यु भएको छैन ।