close

थप ७४ जनामा कोरोना भाइरस पुष्टि

थप ७४ जनामा कोरोना भाइरस पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल चार हजार १२६को नमुना परीक्षण गर्दा उल्लेखित संक्रमितको पहिचान भएको हो । 

त्यसैगरी, सोही समयमा ११६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन्  भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।