close

दक्षिण कोरियामा एकैदिन ३६ हजार कोरोना संक्रमित थप

दक्षिण कोरियामा एकैदिन ३६ हजार कोरोना संक्रमित थप

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा एकैदिन ३६ हजारभन्दा बढी कोरोना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार १५९ सङ्क्रमित भएका हुन् । 

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार ७८९ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  

अघिल्लो दिन ३९ हजार चार सय २५ सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या २९ हजार ५६९ रहेको थियो ।
    
अहिले सङ्क्रमित अवस्थामै रहेकामध्ये ३७५ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ । दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार ३१८ पुगेको छ ।