close

कोरोना संक्रमित घट्दै, डेंगुको ग्राफ बढ्दो

कोरोना संक्रमित घट्दै, डेंगुको ग्राफ बढ्दो

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थपिँदा ७० जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या एक हजार ७७ जना छन् । 

यता डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयका योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण भएको छ। विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।