close

डेंगुका कारण थप ४७ को मृत्यु

डेंगुका कारण थप ४७ को मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ  । मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ६७ छ ।

नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । बाह्र हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

आज ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।