close

सभापोखरीमा चुनावका बेला प्रसुतिलाई नि:शुल्क एम्बुलेन्स

सभापोखरीमा चुनावका बेला प्रसुतिलाई नि:शुल्क एम्बुलेन्स

Trulli
ADVERTISEMENT

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाले निर्वाचनको बेला जिल्ला अस्पतालमा प्रसुतिका लागि आउने र जानेलाई नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । 

निर्वाचनका लागि कर्मचारीहरु खटाइएकाले गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावित हुने भएको छ। त्यसैले अन्यत्र प्रसुति हुन जान सहज बनाउनका लागि एम्बसलेन्स नि:शुल्क उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरेको हो। 

गाउँपालिकाले कात्तिक ३० गतेदेखि मंसिर ६ गतेसम्म प्रसुति गर्न जान र आउन निशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । आकस्मिक समयमा एम्बुलेन्स उपलब्ध नभएमा गाउँपालिकाको गाडी तथा अन्य सवारिसाधनको प्रयोगबाट भएपनि यातायातको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । 

सेवा लिन गाउँपालिकाको सम्बन्धित बर्थिङ सेन्टरमा सम्पर्क गर्न गाउँपालिकाको अनुरोध छ ।