close

सामुदायिक विद्यालयको लागि प्याड इन्सिनेरेटर मेसिन

सामुदायिक विद्यालयको लागि प्याड इन्सिनेरेटर मेसिन

Trulli
ADVERTISEMENT

 भक्तपुर। चाँगुनारायण नगरपालिकाले सामुदायिक विद्यालयलाई प्याड इन्सिनेरेटर मेसिन वितरण गरेको छ । नगरभित्र सञ्चालनमा ल्याएका १० वटा सामुदायिक विद्यालयलाई सो मेसिन वितरण गरेको हो । 

सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड डिस्पोज गर्ने प्रयोजनका लागि सो मेसिन वितरण गरेको पालिकाले जनाएको छ ।  नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीद्वारा वितरण गरेको पालिकाले जनाएको छ । 

नगरपालिका प्रमुख खत्रीले उक्त मेशिनको प्रयोगले स्यानिटरी प्याडको उचित व्यवस्थापन हुने र वातावरणको संरक्षण समेत हुने विश्वास व्यक्त गरे।