close

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

Trulli
ADVERTISEMENT

दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर  कि २७ वर्षीया  अमृतादेवी बोहराको बुधबार उद्धार भएको वडा नं ५ का वडासदस्य भीमबहादुर बोहराले बताए । 

सोमबार  साझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन  नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो । उच्च रक्तस्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।