close

परशुराममा आँखा शिविर हुँदै

परशुराममा आँखा शिविर हुँदै

Trulli
ADVERTISEMENT

डडेलधुरा। परशुराम नगरपालिकामा आँखा शिविर हुने भएको छ । 

नगरपालिकाले एक सुचना जारी गर्दै यही माघ २२ र २३ गते जोगबुडास्थित द्वारिका चोकको रेडक्रस भवनमा आँखा शिविर हुने जनाएको छ। 
परशुराम नगरपालिकाकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो। 

आँखामा समस्या भएका तथा आँखा नियमित जाँच गराउनु पर्ने सबैलाई शिविरमा आँखा जाँच गर्न पालिकाले अनुरोध गरेको छ ।