close

देवचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

देवचुलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Trulli
ADVERTISEMENT

नवलपरासी । देवचुली नगरपालिकाले निःशुल्क छाला रोग शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शिविर सञ्चालन गर्ने जनाएको हो । 


नगरपालिकाको अनुसार पालिकाको आयोजना र आइएनएफ  नेपाल हरियोखर्क अस्पतालको प्राविधिक सहयोग र आर्थिक सहयोगमा शिविर सञ्चालन गर्न लागेको हो । शिविर चैत्र ८ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । 

शिविरमा छालासम्बन्धि उपचार तथा औषधी वितरण गर्ने जनाइएको छ । सो दिन समयमै शिविरमा सहभागी हुन नगरपालिकाले अनुरोध गरेको छ ।