close

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै माडी

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै माडी

Trulli
ADVERTISEMENT

रोल्पा । माडी गाउँपालिकाले पोषणसम्बन्धि आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार महिला, बालबालिका र किशोर, किशोरीमा विद्यमान रहेको कुपोषणलाई दीगो विकासको लक्ष्य अनुरुप कुपोषणको समस्या समाधान गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । विपन्न अवस्थामा मातृ शिशुहरुको पोषण अवस्थामा सुधार ल्याउन पालिकाले कार्यक्रम सञ्चालनमा ल्याउन लागेको जनाएको छ । 

कार्यक्रममा सहभाही हुन चाहने महिला समूह, सहकारी संस्था, महिला समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।