close

घरघरमा पुगेर स्वास्थ्य सेवा

घरघरमा पुगेर स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले घरदैलो कार्यक्रममार्फत स्वास्थ्य सेवा दिन थालेको छ । गाउँपालिकाको आयोजनामा स्थानीय बासिन्दाको घरमा भई सेवा दिन थालेको हो । 

गाउँपालिकाको अनुसार वडा नंम्बर ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको सुरुवात गरिएको हो । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव बताए । 

उनले सो सेवामार्फत उपचारको लागि स्वास्थ्य चौकीमा जान नपर्ने र जेष्ठ नागरिकले घरमै बसेर सेवा लिन सक्ने बताए । उनका अनुसार अन्य वडामा पनि सो सेवा विस्तार गर्ने योजना पालिकाको छ ।