close

मृगौला डायलासिस सञ्चालन गर्न तारकेश्वर र शहीद धर्मभक्तबीच सम्झौता

मृगौला डायलासिस सञ्चालन गर्न तारकेश्वर र शहीद धर्मभक्तबीच सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौँ । मृगौला डायलासिस सेवा संचालनको लागि तारकेश्वर नगरपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर वीच  सम्झौता भएको छ । सेवा संचालनको गर्नको लागि शुक्रबार दुईबीच सम्झौता भएको हो । 

 समझौता पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण हरि महर्जन र  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले  हस्ताक्षर गरेका थिए।

 सम्झौता भए पश्चात तारकेश्वर नगरपालिकामा मृगौला डायलासिस सेवा छिटै संचालन गरिने नगरप्रमुख महर्जनले बताए । 

यो सम्झौताको अवसरमा  केन्द्रका कार्यकारी निर्देशक  श्रेष्ठले अङ्ग प्रत्यारोपणको शाखा तारकेश्वर नगरपालिका क्षेत्र भित्र राख्नको लागि गरेको प्रस्तावमा नगर प्रमुख तथा उप प्रमुखज्यूले सकारात्मक सहमति जनाएको र  सो सम्बन्धमा भावि दिनहरुमा पालिका भित्र अङ्ग प्रत्यारोपण सम्बन्धी सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउने विषयमा सहमति तथा समझदारी भएको बताए।