close

मर्चवारीमा आँखा उपचार केन्द्र स्थापना

मर्चवारीमा आँखा उपचार केन्द्र स्थापना

Trulli
ADVERTISEMENT

रुपन्देही। मर्चवारी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ । नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । 

आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले ग्रामीण क्षेत्रका जनतालाई स्थानीय तहमै स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भएको बताए। यसअघि आँखाको उपचारका लागि सर्वसाधारण भैरहवा, बुटवल, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता थियो ।  

नेपाल नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका सभापति सागरप्रताप राणाले बिरामीलाई सहजरुपमा घरदैलोमै सेवा उपलब्ध गराउनु संस्थाको उद्देश्य रहेको बताए।