close

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै यशोधरा

पोषण सुधार कार्यक्रम सञ्चालन गर्दै यशोधरा

Trulli
ADVERTISEMENT

कपिलवस्तु । यशोधरा गाउँपालिकाले पोषण सम्बन्धि आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । गाउँपालिकाले विपन्न महिला सहकारी वा समूहमा आयआर्जनका सुधार कार्यक्रमको लागि आलू आथिक वर्षम ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सुनौलो हजार दिनका आमा महिला, बालबालिका किशोरीहरुमा विद्यमान रहेको कुपोषणलाई दीगो विकासको लक्ष्य अनुरुप पोषणको समस्या सुधार गर्नको लागि गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएका हो । कार्यक्रममा सहभागी हुन चाहने सहकारीका महिलालाई गाउँपालिकाले २५००० रुपैयाँ नगद वितरण गर्ने जनाएको छ । 


कार्यक्रममा  सहभागी हुन चाहने समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ । आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।