close

पाल्पा र बुटवल उद्योग वाणिज्य महासंघबीच आर्थिक र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति

पाल्पा र बुटवल उद्योग वाणिज्य महासंघबीच आर्थिक र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति

Trulli
ADVERTISEMENT

रुपन्देही । पाल्पा उद्योग वाणिज्य संघ र बुटवल उद्योग वाणिज्य संघबीच द्विपक्षीय सम्बन्धमा छलफल भएको छ ।

संस्थागत भ्रमणमा निस्केको पाल्पा उद्योग वाणिज्य संघको टोली र बुटवल उद्योग वाणिज्य संघबीच द्विपक्षीय विषयमा आपसी छलफल भएको हो ।

साथै, बुटवल उद्योग वाणिज्य संघले पाल्पाको टोलीलाई स्वागत गरेको थियो । सो क्रममा संस्थागत जानकारी र दुवै संघले सञ्चालन गरेका कार्यक्रम बारेमा जानकारी आदानप्रदान भएको थियो ।

सो क्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा गरेको योगदानबारे जानकारी गराए ।

२००९ सालमा तदर्थ समिति गठन भएदेखि उद्योगी व्यवसायीको हकहितसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासको लागि लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्थापना, बुटवल बहुमुखी क्याम्पसमा विज्ञान विषय पठनपाठनका लागि विज्ञान भवन निर्माण, साविक लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्रसुति भवन निर्माण, सोही अस्पतालमा क्याविन निर्माण, सुरक्षाका दृष्टिले बुटवलका विभिन्न स्थानमा प्रहरी विट, इलाका प्रहरी कार्यालय बुटवलमा थुनुवाकक्ष निर्माणलगायत थुप्रै काममा आर्थिकसहित नेतृत्वदायी भूमिका निर्वाह गरिएको जानकारी दिए ।

त्यस्तै, पछिल्लो कोरोना महामारीको समयमा उपचार सेवालाई सहज बनाउनको लागि आम्दा अस्पतालमा आईसीयु सहितको कोभिड–१९ वार्ड स्थापना गरिएको उनले बताए ।

त्यसबाहेक यस क्षेत्रको आर्थिक विकासको लागि मोतिपुर औद्योगिक क्षेत्र, सिद्धार्थ राजमार्गको स्तरोन्नती, औद्योगिक प्रदर्शनी स्थल बुटवल मण्डपको जग्गा प्राप्ती, पाल्पाको सिद्धबाबा सडक क्षेत्रलाई सुरक्षित बनाउनेलगायत योजनाका लागि संघले पैरवी गर्दै आएको र संघले पैरवी गरेका कतिपय योजना अझै भइनसकेको बताए ।

त्यस्तै, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पा उद्योग वाणिज्य संघ र बुटवल उद्योग वाणिज्य संघको स्थापना एउटै समयमा भएको र आर्थिक तथा सामाजिक विकासमा गरेका योगदान पनि एउटै प्रकृतिको भएको बताए ।

उन पर्यटन विकासको लागि पाल्पा राम्रो गन्तव्य भएपनि बुटवल–पाल्पा सडकको दुरावस्थाका कारण सोचेगरी पर्यटन विकास गर्न नसकिएको बताए ।

पाल्पामा ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको बताउँदै लुम्बिनी आउने पर्यटकलाई पाल्पा लैजानको लागि के गर्न सकिन्छ, त्यसमा सहयोग गर्न आग्रह गरे । 

पाल्पामा ऐतिहासिक भगवती मन्दिर, रानीमहल, भैरवस्थान, चारधाम मध्येको एक रिडिको ऋषिकेश मन्दिरलगायत ऐतिकासिक तथा धार्मिक केन्द्र रहेकोले पाल्पाको पर्यटन विकोको लागि प्रचारप्रसार संगसंगै यातायात पूर्वाधारको विकासमा जोड दिइन् ।

बुटवलका व्यापारिक विकास तथा पाल्पाको पर्यटन विकासलाई कसरी अगाडि बढाउन सकिन्छ, दुई संघले सहकार्य गर्न सके त्यसको विकासबाट दुवै क्षेत्रले फाइदा लिनसक्ने उनको भनाइ थियो ।

उहाँले लुम्बिनी सर्किटमा पाल्पा नगरेको बताउँदै लुम्बिनी सर्किटमा पाल्पालाई पनि पार्न भुमिका खेलिदिन आग्रह गरे ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले बुटवलको व्यापार र पाल्पाको पर्यटनलाई जोडेर एकिकृत कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे ।

बुटवललाई पनि पयटकको गन्तव्य बनाउन सकिने बताउँदै उनले यहाँको ऐतिहासिक जीतगढी किल्ला, मणिमुकुन्द सेनाको शीतकालीन दरबार र ऐतिहासिक बटौली बजारको संरक्षण गर्नसक्ने हो भने पर्यटन विकाससँगै व्यापार व्यवसायको विकास गर्न सकिने र यहाँ आउने पर्यटकलाई पाल्पा पु¥याउन पनि सहज हुने उनको भनाइ थियो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघले हालसम्म गरेका गतिविधि, सञ्चालन गरेका कार्यक्रम र पाइपलाइनमा रहेका कार्यक्रमबारे ब्रिफिङ गरेका थिए ।