close

अर्थमन्त्रीको राजीनामा माग गर्दै मोरङमा उद्योगी र मजदुर आन्दोलित

अर्थमन्त्रीको राजीनामा माग गर्दै मोरङमा उद्योगी र मजदुर आन्दोलित

Trulli
ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै पूर्वका उद्योगी र मजदुर आन्दोलनमा उत्रिएका छन् । 

अर्थमन्त्री शर्माले नीतिगत भ्रष्टाचार गरेर सीमित उद्योगलाई संरक्षण गर्दै जिआई वायर, वनस्पती घीउ, तेल र सेनिटरी प्याड उद्योगलाई बन्द गर्न बाध्य तुल्याउन करमा परिवर्तन गरेको भन्दै उद्योगी र मजदुरले बिहीबार प्रदर्शन गरेका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ड० प्रदेश १, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) प्रदेश १ र समाजवादी ट्रेड युनियन प्रदेश १ ले औद्योगिक क्षेत्र गोकुवा चोकदेखि निमुवासम्म प्रदर्शन गरेका छन् ।

अर्थमन्त्री शर्माले सीमित उद्योगसँग अकुत हुण्डी खाएर नीतिचगत भ्रष्टाचार गरेको उनीहरुले आरोप लगाएका छन् ।

कोणसभालाई सम्बोधन गर्दै मोरङ व्यापार संघका अध्यक्ष् नवीन रिजालले अर्थमन्त्रीको नीतिगत सीमित उद्योगलाई संरक्षण गरेर अन्य उद्योग बन्द गर्न बनाएको बताए ।