close

बुटवल उद्योग वाणिज्य संघमा प्राइभेट फमको नवीकरण शिविर

बुटवल उद्योग वाणिज्य संघमा प्राइभेट फमको नवीकरण शिविर

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा वाणिज्य कार्यालयमा दर्ता भएका प्राइभेट फर्महरुको नविकरण शिविर गरिएको छ । 

सोमबार गरिएको नविकरण शिविरमा ३५० बढी फर्महरु नविकरण भएका बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तरगत वाणिज्य कार्यालय भैरहवामा दर्ता भएका र नविकरण गर्नुपर्ने प्राईभेट फर्महरु दर्ता गरिएको हो । 

उक्त नविकरण शिविरमा कार्यालय प्रमुख टेकराज भट्टराईको नेतृत्वमा कर्मचारीहरुको टोली आएको थियो । 

वाणिज्य कार्यालयमा दर्ता भएका प्राईभेट फर्महरु सुरुमा दर्ता भएको ५ वर्षमा र त्यसपछि प्रत्येक २ वर्षमा नविकरण गर्नुपर्ने व्यवस्था छ । प्राईभेट फर्म दर्ताको लागि व्यवसायीहरुसाई सहज होस भन्नको लागि संघको पहलमा घरदैलोमै फर्म नविकरणको व्यवस्था मिलाइएको र यसले उद्योगी व्यवसायीहरुलाई फर्म नविकरणको लागि सहज भएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।