close

सवारी गुड्नेमा खाल्डाखुल्डी, फाेटाे खिच्ने ठाउँ कालोपत्रे

सवारी गुड्नेमा खाल्डाखुल्डी, फाेटाे खिच्ने ठाउँ कालोपत्रे

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश मुकाम रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मुख्य बजार क्षेत्रमा खाल्डाखुल्डीले यात्रुलाई सहज रूपमा हिँडडुल गर्न मुस्किल छ ।  वीरेन्द्रनगर नगरपालिका र वडाहरूले बजारका मुख्य ठाउँका खाल्डाखुल्डी पुर्न सकेका छैनन् । 


मान्छे आउजाउ हुने ठाउँ र मुख्य बजार क्षेत्रका खाल्डाखुल्डी बनाउनेभन्दा मान्छे नहुने ठाउँमा सडक कालोपत्रे गरिएको वडा नम्बर ६ का हिमेश पुनले बताए । 


वडा नम्बर १० स्थित करिब दुई किलोमिटर उक्त सडक खण्ड अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ, जहाँ महामारीका बेला पनि म्युजिक भिडियो बनाउन र सेल्फी, टिकटक खिच्न आउनेको घुइँचो लाग्ने गरेको छ ।


यो सडक खेतको बीचमा बनेको छ । खेतमा हुर्किंदै गरेको धानबाली र दुवै छेउमा जंगलको हरियालीका कारण यो सडक आकर्षक देखिने गरेकाले प्रत्येक दिन यहाँ घुँइचो लागेको हो । त्यहाँ पुगेका मानिसले सडकमा खिचिएका तस्बिर, भिडियो सामाजिक सञ्जालमा राख्न थालेपछि यो क्षेत्रमा दिनहुँ भीड थपिँदै गएको छ ।


हरेक साँझ १५ सय बढी पर्यटक म्युजिक भिडियो, टिकटक र फोटो खिच्न यहाँ पुग्ने गर्छन् । सामाजिक सञ्जाल टिकटिकबाट भाइरल भएको यो सडकमा अचेल दिनहुँजसो म्युजिक भिडियो सुटिङ भइरहेको हुन्छ । कैलाली, बाँके, बर्दिया, काठमाडौं, पोखरासम्मबाट यहाँ घुम्न र म्युजिक भिडियो बनाउन आउनेहरू भेटिने गर्छन् ।


सामाजिक सन्जाल टिकटकमा भाइरल भएको देखेर यहाँ आएको पोखराका सुनील शाक्य बताउँछन् । ‘सामाजिक सञ्जालमा भाइरल भएको देखेपछि यहाँ नपुगी मनले मानेन’, उनले भने, ‘यहाँ निकै रमाइलो लाग्यो । तर, वीरेन्द्रनगरका मुख्य सडकका खाल्डाखुल्डी देखेर दुःख लाग्यो ।’


वीरेन्द्रनगर वडा नम्बर ७ की कमला विकको पनि स्थानीय सरकारले बजार क्षेत्रमा सडक कालोपत्रे नगरेको बताउँछिन् । मान्छे नहिँड्ने ठाउँमा बजेट हालेर बालुवामा पानी खन्याएजस्तै भएको उनको प्रतिक्रिया छ । तीनकुने चोकबाट दक्षिणतर्पm रहेको यो सडक आर्थिक वर्ष २०७७/७८ मा कालोपत्रे भएको हो ।


१ करोड रुपैयाँ लागतमा सडकको स्तरोन्नति गरिएको वडाध्यक्ष रत्नबहादुर बुढाले बताए । सडकका केही संरचना भने बन्न बाँकी छ ।नाली नबन्दा सडक भत्किने सम्भावना भएपछि यो आर्थिक वर्ष नाली बनाउन थप १ करोड रुपैयाँ रकम विनियोजन गरिएको उनको भनाइ छ