close

काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड खाली हुन्छ : मेयर साह​​​​​​

काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड खाली हुन्छ : मेयर साह​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड खाली गराउने बताएका छन् । 

काठमाडौंमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेका मेयर बालेन साहले बुधबार जिल्ला अदालतको अन्डरग्राउण्डसमेत खाली हुने बताएका हुन् । 

‘अवैध संरचना जसले बनाएको भए पनि त्यो कानुनको दायरामा ल्याइन्छ,’उनले भने, ‘काठमडौं जिल्ला अदालतको अन्डरग्राउण्ड पनि खालि हुँदैछ । 

बबरमहलमा अत्याधुनिक शैलीमा बनाइएको अदालतको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसका कारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गरिरहेका छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुँइ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताए । महानगरले यसबारे जानकारी मागेकाे उनको भनाइ छ ।