close

खानेपानी ट्याङ्कीमा ‘जिपिएस’

खानेपानी ट्याङ्कीमा ‘जिपिएस’

Trulli
ADVERTISEMENT

दैलेख। नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि   प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो । यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ । 

खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग गरेको हो । नेपाल सरकारले फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयनमा ल्याएको हो ।  

नौमूलेको सात खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा  जिपिएस टेंक अलर्ट  राखिएका छन् ।  कर्णाली प्रदेशको सुर्खेतबाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समयपछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति  बिग्रएका छन् र कति पूर्ण रुपमा क्षति भएका छन् त्यसको लेखाजोखा डिजिटल माध्यममा जानकारी नभएको बताइएको छ ।  

आयोजनाले कर्णालीका २१ पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने जनाएको छ ।