close

महामारीको त्रासले खल्लो बनायो नयाँ वर्ष

महामारीको त्रासले खल्लो बनायो नयाँ वर्ष

Trulli
ADVERTISEMENT

काठमाडौ– अघिल्लो वर्ष यतिबेला कोरोना भाइरसको त्रासबाट उम्किन लागेको अनुभव गरिरहेको युरोपले अहिले फेरि ओमिक्रोन भेरियन्टबाट बच्न निकै ठूलो संघर्ष गरिरहेको छ । अहिले खासगरी बेलायत र फ्रान्समा कोरोना भाइरसले उग्र रुप लिँदै गरेको देखिएको छ । यसबाहेक इटाली, ग्रीस, पोर्चुगल र इङ्गल्यान्ड सबैमा कीर्तिमानी संख्यामा संक्रमणहरू पुष्टि भएका समाचारहरु दिन प्रतिदिन आइरहेका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ । 

 

बेलायतमा हरेक दिन आउने समाचारमा महामारी सुरु भएपछिकै सबैभन्दा धेरै संक्रमित देखिएको दिन भनेर विभिन्न सञ्चारमाध्यमहरुले दिइरहेका हुन्छन् । दुई दिन मात्र अघि फ्रान्समा पनि एकै दिनमा लाखौँ व्यक्ति संक्रमित देखिएका थिए । यता अमेरिकाको अवस्था पनि त्यस्तै छ । यहाँ हरेक दिन लाखौँ व्यक्ति संक्रमित भएका समाचार आएका छन् । यो अवस्था उता अफ्रिकामा पनि छ । यता भारतको झन् कुरै भएन । भारतमा दश दिन अघिको तुलनामा दश दिन यता करिब ८०० प्रतिशतले संक्रमण बढेको पाइएको बताइएको छ । 

 

त्यसैले विश्व स्वास्थ्य संगठनले युरोपमा बढ्दो संक्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ । बुधबार मात्र फ्रान्समा दुई लाखभन्दा पनि बढी संक्रमित पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । 

 

यसरी हरेक दिन धेरै भन्दा धेरै संक्रमित हुनेहरु फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इंगल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो संक्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने त देखाएका थिए । तर पनि यसको त्रास भने यसरी भनिएजस्तो गरी घटेको देखिन्न । किनभने ओमिक्रोनको त्रासका कारण विश्वका विभिन्न देशमा यसको असर परेका समाचारहरु आइ नै रहेका हुन्छन् । 

 

यता भारतमा हेर्ने हो भने पनि यसको अवस्था त्यस्तै देखिएको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ । हरेक दिन भारतमा संक्रमितको संख्यामा घटीमा पनि ५५ प्रतिशतले वृद्धि भएको देखिएको छ । पछिल्लो १० दिनदेखि भारतमा उच्च गतिमा कोरोना सङ्क्रमण बढिरहेको छ । २६ डिसेम्बरमा जम्मा ६ हजार ५३१ मा सङ्क्रमण पुष्टि भएको भारतमा अहिले भने दिनमै एक लाख १७ हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँ हरेक दिन सङ्क्रमण पुष्टि हुनेको संख्या ५० हजार भन्दा पनि बढी भएको देखिएको छ । यो भनेको करिब ८०० प्रतिशत हो । भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको संख्या पनि प्रतिदिन बढ्दो छ । यहाँ अहिलेसम्ममा तीन  हजारभन्दा बढी नै यसका संक्रमित भेटिएका छन् । 

 

सन् २०१९ को डिसेम्बरमा चीनको ह्ुबे प्रान्तको बुहान शहरबाट शुरु भएको कोरोनाको प्रकोप विश्वका शक्तिशाली राष्ट्रलगायत कैयौ राष्ट्रमा फैलियो । पछिल्ला दुई वर्षले महामारीले ठूलो प्रकोप बेहोरेको छ । यसले विश्वलाई समान रुपमा र बडो क्रुरताका साथ प्रहार गरेको छ । सन् २०२२ मा विश्वले के सायद यो रोगबाट मुक्ति पाउने दिन पर्खिरहेको थियो तर त्यो सम्भव भने हुन सकेन । अनिश्चितता बढ्दै गइरहेको छ । सन् २०२१ पनि लगभग यही प्रकोपका कारण बितेको थियो भने यो वर्ष पनि यसै महामारीबाट सुरु भएको देखिएको छ । अझ यो वर्षका सुरुआतमा त झन् नयाँ नयाँ भेरियन्ट ओमिक्रोनले सताउन पुगेको छ । कोभिड १९ को नवीनतम उत्पत्तिका रुपमा ओमिक्रोन आएको छ भने उता डेल्टा भेरियन्ट जारी रही फैलिरहेको अवस्थामा पनि झन् छँदै नै छ । 

 

महामारी सुरु भएदेखिका वर्षबाट नै विश्वको अर्थतन्त्र प्रभावित छ । यसबाट बाँच्नका लागि विश्वका नागरिकहरुले ठूलो संघर्ष गरेका छन् तर यसबाट मुक्ति पाउन सकेका छैनन् । विश्वको अर्थतन्त्रमाथि फेरि पनि प्रहार हुने अवस्था देखा परिरहेको छ । किनकि महामारीको अर्को स्वरुप फेरि पनि युरोप र अमेरिकामा शुरु भएको छ र एसियाली देशहरुमा पनि प्रहार गर्न तयार छ । आशाको एउटा किरण भनेको यो विश्वास हो कि भाइरसले बिस्तारै आफ्नो शक्ति गुमाउँदैछ, किनकि ओमिक्रोनले अहिलेसम्म कम अस्पतालमा भर्ना भएको छ ।

 

धेरै राम्रो स्वास्थ्य पूर्वाधारको साथ विकसित राष्ट्रहरुले पनि कोरोना महामारीको अगाडी घुँडा टेक्नुपर्ने अवस्था यो महामारीका कारण उत्पन्न भएको छ । विकासशील र गरिब राष्ट्रहरू यो महामारीबाट अझ बढी प्रताडित हुन पुगेका छन् । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबे प्रान्तको बुहान शहरबाट शु्रु भएको यस महामारीले विश्वभरका स्वास्थ्य संरचनाहरुमाथि नै धावा बोल्न पुगेको छ । स्वास्थ्य क्षेत्रका अधिकारीहरुका कार्यक्रम र अनुमान पनि ध्वस्त हुन पुगे । यसवर्ष त नयाँ वर्षलाई राम्रोसँग स्वागत गरौँला भनेको विश्व समुदाय नै अहिले पनि निकै अप्ठेरो अवस्थामा पुग्यो । विश्वका नागरिकले नयाँ वर्षको स्वागत गरेर रमाइलो गर्न पनि सकेनन् । इटाली होस्, अमेरिका, पाकिस्तान, भारत, रुस, चीन वा नेपाल, म्यान्यामार र बंगलादेश विश्वका सयौं देशलाई यो महामारीले फेरि एकपटक अर्को फेरो लगाउन थालिसकेको छ । 

 

पहिलो पटक ओमिक्रोनको आगमनसँगै दक्षिणी अफ्रिका देशहरूमा विश्वका कैयौ राष्ट्रले अफ्रिकी राष्ट्रहरूबाट यात्रा प्रतिबन्ध लगायो । महामारीले विश्व नेताहरूलाई जीवनका केही पाठहरू सिकाएको हुनुपर्छ । सबैले भाइरस र यसको घातक आर्थिक नतिजाहरू विरुद्ध लड्ने काम झन्भन्दा झन् जटिल बन्दै गएको देखिएको छ । स्वास्थ्य संकटको बावजुद र विश्वभरि आर्थिक मन्दीको साथमा ठूला शक्तिहरु पनि यसका विरुद्ध लड्ने कामलाई निरन्तरता दिन बाध्य भएका छन् । 

 

के ओमिक्रोनले १०० वर्ष पहिलेको स्पेनिस फ्लूलाईजस्तै हल्का भेरियन्टले जस्तै कोभिड–१९ महामारीको अन्त्य गर्नेछ ? के ओमिक्रोनले महामारीको अन्त्य गर्नेछ ? शीर्ष विज्ञहरू भन्छन् कि ओमिक्रोनले कोभिड–१९ को लागि ’प्राकृतिक खोप’ को रूपमा काम गर्न सक्छ ।   

 

कोरोना ओमिक्रोन भेरियन्टबीचमा नयाँ वर्ष २०२२ का उत्सवहरु विश्वभरका उत्साहजन रहेनन् । सरकारहरूले मानिसहरूलाई ठूला जमघटहरूबाट जोगिन र परिवारका सदस्यहरू र नजिकका साथीहरूका लागि उत्सवहरू प्रतिबन्धित गरी राख्न आग्रह गरेका थिए । उनीहरूले स्वास्थ्य पूर्वाधारमा खुकुलो पार्ने डरले सरकारहरुको सो आग्रह आएको थियो । 


  
नयाँ वर्षको उत्सवहरूलाई ऐतिहासिक बनाउन चाहने विश्व समुदायलाई पनि दुई वर्षदेखि जारी रहेको महामारीले फिक्का बनाइदिएको छ । करिब ५ महिनाजति अघि महामारीको अन्त्य होला कि भन्ने आशा अहिले आएर भने मरिसकेको छ । अब त यस्तो लाग्दैछ कि यो वर्ष २०२२ पनि कोरोना भाइरसकै छायाँमा बित्ने त होइन ?  ओमिक्रोन भेरियन्टको आगमनले जुन डरलाग्दो स्वरुप लिएको छ यसले यो वर्ष पनि महामारीकै छायाँमा राखिदिने त्रास झनै बढाएको देखिएको छ ।