close

आगो लगाएर भाग्न खोज्दा ५१ कैदीको मृत्यु

आगो लगाएर भाग्न खोज्दा ५१ कैदीको मृत्यु

Trulli
ADVERTISEMENT

कोलम्बियाको एक कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएका छ । 

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगारमा  कैदीले नै जेलमा आगो लगाएको र भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको हो । घटनामा ४० जनाभन्दा बढी घाइते भएको अलजजिराले उल्लेख गरेको छ ।

राष्ट्रपति इभान ड्यूकले मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरेका छन् । ‘जेलमा भएका घटनाप्रति खेद व्यक्त गर्दछौं’, उनले भनेका छन् । 

ल्याटिन अमेरिकामा कारागारमा बारम्बार झडप हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका झडपमा झन्डै ४०० कैदी मारिएका छन् ।