close

अमेरिकी गायक आर केलीलाई ३० वर्ष जेल सजाय

अमेरिकी गायक आर केलीलाई ३० वर्ष जेल सजाय

Trulli
ADVERTISEMENT

अमेरिकी गायक आर केलीलाई यौन शोषणको आरोपमा अदालतले ३० वर्ष जेल सजाय सुनाइएको छ । उनको पूरा नाम रोबर्ट सिल्भेस्टर केली हो ।

५५ वर्षीय केलीले महिला र बालबालिकालाई झन्डै दुई दशकसम्म यौन शोषण गरेका कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

गत वर्षको सेप्टेम्बरमा केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो ।

भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार यौन दुर्व्यवहारसहित नौ वटा मुद्दामा दोषी ठहरिएपछि उनलाई ३० वर्ष जेल सजाय सुनाइएको हो । उनले पीडितहरूलाई होटलको कोठा र उनको रेकर्डिङ स्टुडियोमा थुनेर राखेर बारम्बार यौन शोषण खुलासा भएको छ ।

उनीविरुद्ध ४५ जनाले बयान दिएका थिए । केली सन् २०१९ को जुलाईदेखि हिरासतमा थिए । सन् २०२० मा उनलाई अर्का कैदीले कुटपिट गरेपछि चर्चामा आएका थिए ।