close

भारतको मणिपुरमा पहिरो जाँदा मृत्यु हुनेको संख्या २५ पुग्यो, ३८ जना बेपत्ता

भारतको मणिपुरमा पहिरो जाँदा मृत्यु हुनेको संख्या २५ पुग्यो, ३८ जना बेपत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । 

घटनास्थलमा खोज र उद्धारको काम अझै जारी रहेको अधिकारीहरूले बताएका छन् । 

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए ।